+
+

मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते २०:००

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पोखरामा सोमबार सम्पन्न साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने प्रति सेयर १०० रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

यसैगरी आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति, काठमाडौंको लाजिम्पाटमा निर्मित भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने लगायतका प्रस्ताव समेत पारित भएको छ ।

बैंकले साधारण सभाको अवसरमा बैंक स्थापना गर्न योगदान पुर्‍याउने ३० जना संस्थापक लगायत अन्य सेयरधनी एवं सञ्चालक सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?