+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बौद्धिक चोरी हुनबाट जोगिन भौतिकशास्त्रीको जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १०:१३

१ माघ, पोखरा । भौतिकशास्त्रीहरुले गैरव्यावसायिक प्रकाशन र बौद्धिक चोरीबाट जोगिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेश समितिले आयोजना गरेको भौतिकशास्त्र अनुसन्धान लेखन कार्यशाला ‘राइट फिजिक्स राइट’ मा सहभागी विज्ञले यस्तो बताएका हुन् । उनीहरुले भौतिकशास्त्र अनुसन्धान लेखनलाई त्रुटिरहित र स्तरीय बनाउनुपर्नेमा समेत जोड दिए ।

अन्नपूर्ण गाउ“पालिकाको लुम्लेमा तीन दिनसम्म चलेको कार्यशालामा चारजना विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालामा त्रिभुवन विश्वविद्याल भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद अधिकारीले अनुसन्धान लेखन समीक्षको विधि, पद्धति लेखन, परिणाम, छलफल र निष्कर्ष लेखन, सारांश लेखन, पाण्डुलिपि समीक्षा र संशोधनका वैज्ञानिक तरिकाबारे सहभागीलाई प्रकाश पारे । उनले कक्षा ११ र १२ को भौतिकशास्त्रका लागि परियोजना निर्माणका विधि समेटेर आफ्नो सत्र सञ्चालन गरे ।

कार्यशालामा शिक्षण विधि र पाठ्यक्रम विकासका स्वतन्त्र विशेषज्ञ डा.सुनिल पोखरेलले परिचय लेखन, जीवनवृत्त, लेखन, स्पष्ट अनुच्छेद लेखन, शैक्षिक लेखनका विधि, इन–टेक्स्ट उद्धरण र सन्दर्भ उपकरणको प्रयोग, तथा पाण्डुलिपिको समीक्षाका विषयमा आफ्नो प्रस्तुति राखे । उनले अमेरिकन साइकोलोजिकल एसोसियसन (एपीए–७ सन्दर्भ प्रणाली) र जोटेरो प्रयोगमा व्यावहारिक मार्गदर्शन गरे ।

गण्डकी विश्वविद्यालयका डिन तथा समाजका उपाध्यक्ष डा.कपिल अधिकारीले प्रभावकारी इमेल लेखन, लेखन र प्रकाशनको नैतिकता र पाण्डुलिपिको सम्पूर्ण जीवनचक्रका विवरणबारे जानकारी दिए । उनले अनुसन्धान लेखनमा बौद्धिक चोरीबाट बच्नुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थानका डीन प्रा.डा शंकरप्रसाद खनालले प्रणालीगत लेखन समीक्षाको महŒव र शैक्षिक लेखनमा यसको भूमिकाबारे विचार व्यक्त गरे ।

उनले अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम राजधानी बाहिर सम्पन्न गरेकोमा समाजको प्रशंसा गरे । गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले अनुसन्धान लेखनलाई प्रभावकारी तरिकाले अघि बढाउनुपर्ने विचार राखे ।

कार्यशालामा गण्डकी प्रदेशका विभिन्न शिक्षण संस्थामा आवद्ध भौतिकशास्त्रीको सहभागिता रहेको थियो । कार्यशालाले सहभागीलाई अनुसन्धान लेखन र शैक्षिक सञ्चारमा उन्नत सीप प्रदान गरेको समाजका गण्डकी प्रदेश अध्यक्ष डा.कृष्णराज अधिकारीले बताए । ‘प्रभावकारी अनुसन्धान अभ्यास प्रवद्र्धन गर्ने कार्यशालाको उद्देश्यलाई थप बलियो बनाएको छ,’ उनले भने, ‘यसले अनुसन्धानकर्तालाई विश्वव्यापी वैज्ञानिक संवादमा अर्थपूर्ण योगदान पुर्‍याउन सक्षम बनाउनेछ ।’ कार्यशालाले भौतिकशास्त्रीलाई समीक्षा लेखलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न र प्रकाशन गर्न सक्षम बनाउने उद्देश्य राखेको थियो ।

समाजले लगातार तेस्रो वर्ष उक्त कार्यशालाको आयोजना गरेको सचिव रवि कार्कीले जानकारी दिए । उनका अनुसार समाजले यसअघि लुम्लेमै २०७९ मा भौतिकशास्त्र अध्यापन पद्दति (फिजिक्स पेडागोजी) र २०८० मा ‘विन्टर स्कुल अफ म्याथमेटिका’ विषयमा कार्यशाला आयोजना गरेको थियो । यी कार्यशालाबाट एक सयभन्दा बढी भौतिकशास्त्री लाभान्वित भएको कार्कीले बताए ।

कार्यशालामा १० अनुसन्धान समूह बनाएर प्रत्येक समूहलाई एक–एकवटा भौतिकशास्त्र सम्बन्धी अनुसन्धान परियोजना दिइएको थियो । उक्त परियोजनाका आधारमा १० वटा समीक्षा लेख तयार गरी ‘लुम्ले संस्करण’ नामक हिमालयन फिजिक्स जर्नलमा प्रकाशित गरिने बताइएको छ ।

कार्यशालामा पृथ्वीनारायण क्याम्पसका निमिक्त प्रमुख मीनराज लम्साल, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बराल, समाजका संस्थापक अध्यक्ष सूर्यबहादुर जिसी, पूर्व अध्यक्ष डा.जीवन रेग्मी र सहजकर्ता मुकुन्द वस्तीले कार्यशालाले भौतिक विज्ञानमा नैतिक र प्रभावकारी अनुसन्धान संस्कृतिलाई प्रोत्साहन गरेको बताए ।

कार्यशालाका सहभागी अमृत ढकाल र प्रकाश अधिकारीले कार्यशालाले उच्च–गुणस्तरीय अनुसन्धान लेखन र प्रकाशनका लागि सीप र आत्मविश्वासलाई सुदृढ बनाएको अनुभव व्यक्त गरे । कार्यशालाका सहभागीहले आफ्ना भावी प्रकाशन योजना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?