+

जय ट्रफी फाइनल : भुर्तेलको अर्धशतकमा पुलिसको बलियो सुरूवात

२०८१ माघ  १ गते १६:४२ २०८१ माघ १ गते १६:४२
जय ट्रफी फाइनल : भुर्तेलको अर्धशतकमा पुलिसको बलियो सुरूवात

१ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ को फाइनल खेलअन्तर्गत पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले बलियो सुरूवात गरेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा खराब मौसमका कारण ढिला गरी भएको सुरू भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको समाप्तिमा १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

पुलिसका लागि ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर खेलिरहेका छन् । उनी ५० रनमा अविजित छन् । त्यस्तै अर्जुन साउद पनि क्रिजमा छन् । त्यसअघि अमित श्रेष्ठले २० रन बनाएर आउट भएका थिए ।

आर्मीका सोमपाल कामी र साहब आलमले १-१ विकेट लिएका छन् ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय