 
																			३ माघ, काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4