+
+

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १०:४८

३ माघ, काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।

बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?