+
+

२५ करोडसम्म चुक्ता पूँजी भएका कम्पनी ‘एसएमइज प्लेटफर्म’ मा

५ सय कित्ताभन्दा कम आईपीओ हाल्न नमिल्ने

सेबोनले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ बिहीबारदेखि लागु गरेपछि साना तथा मझौला कम्पनी एमएमइज प्लेटफर्ममा प्रवेश गर्ने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १५:३९

३ माघ, काठमाडौं । अधिकतम २५ करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीहरू अब साना तथा मझौला संगठित संस्था (एसएमइज) ‘प्लेटफर्म’ मा प्रवेश गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ आज बिहीबारदेखि लागु गरेपछि साना तथा मझौला कम्पनी एमएमइज प्लेटफर्ममा प्रवेश गर्ने भएका हुन् ।

यो नियमावलीलाई आवश्यक कारबाही गर्न सेबोनले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको छ ।

नियमावली अनुसार अब लगानीकर्ताले एसएमइजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो ।

त्यसैगरी, एसएमइजले जारी पूँजीको ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । दुवैले खरिद गरेको सेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ ।

सेबोनले चैत २०७९ मा मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको थियो । तर, ९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले यो नियमावली स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?