+
+

नयन एड्भरटाइजिङ मिडियाले इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १२:१०

काठमाडौं । इटहरीमा कार्यालय रहेको डिजिटल पत्रिका ‘प्रदेश खबर’ले ‘कोशी एक्सिलेन्स अवार्ड’ आयोजना गर्ने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबरले स्थापनाको तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते अवार्ड गर्न लागेको हो ।

नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यस्तो किसिमको अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको जनाएका छन् ।

शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने उनले बताए ।

‘१३ विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने र यसलाई पारदर्शी बनाउन चार सदस्यीय निर्णायक समिति समेत छनोट गरिएको छ,’ अधिकारीले भने, ‘अहिले उक्त निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोटका लागि काम गरिरहेको छ ।’

कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ समारोहको प्रमुख अतिथिका रुपमा सभामुख देवराज घिमिरे रहने अधिकारीले बताए ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा हुने अवार्ड समारोहमा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने उनले बताए ।

प्रालिले गत वर्ष पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड कार्यक्रमको व्यवस्थापन काफल्स इटहरीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?