+
+

सशस्त्र प्रहरी दिवसको कार्यक्रममा किन पुगेनन् प्रधानमन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १२:३५

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा वर्षेनि आयोजना हुने समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री जाने प्रचलन छ । त्यसअनुसार, सशस्त्र प्रहरी बलले प्रधानमन्त्री ओलीलाई बुधबार पनि आमन्त्रण गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट टुंगो लागे अनुसार, प्रधानमन्त्री ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने भन्दै अतिथिहरूलाई आमन्त्रण गरेको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री आउने कार्यक्रम रोकिएको भन्दै सशस्त्र प्रहरीले खबर पाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले भने स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली हल्चोक नगएको बताएको छ । ‘चिसोको कारण प्रधानमन्त्रीज्यूको स्वर भासिएको छ, बोल्न पनि अफ्ठ्यारो हुने हुँदा उहाँ बालुवाटारमै आराम गरिरहनु भएको छ’, सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री उपस्थित नभएपछि सशस्त्र प्रहरी बलको समारोहमा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथिका रुपमा उपस्थित छन् । सशस्त्र प्रहरीले समारोहमा आफूले गर्ने कार्यहरूको प्रदर्शन समेत गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने उत्कृष्ट इच्छा र चाहना भएपनि स्वास्थ्य समस्याले आउन नसकेको कार्यक्रमममा सम्बोधन गर्ने क्रममा बताए ।

उनले भने, ‘उहाँलाई टन्सिलको समस्या रहेको छ, स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन ।’

माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो ।

त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्नु थियो ।

शान्तिकालमा सशस्त्र प्रहरीलाई पृथकतावादी, आतंकवादी गतिविधि नियन्त्रण, महामारी र दैवी प्रकोपमा उद्दारमा सहयोग, सीमा सुरक्षा, सार्वजनिक महत्वका भवन, संरचना तथा विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा खटाइँदै आएको छ ।

मन्त्रिपरिषद्ले ११ असोज २०६९ मा सशस्त्र प्रहरीलाई राजश्व, भन्सार तथा औद्योगिक सुरक्षाको जिम्मा दिएको छ भने १५ पुस २०७७ मा रेलवे सुरक्षाको जिम्मा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?