+
+

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १३:००

९ माघ, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे ।

जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनकालागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनकोलागि नियमावली बनाउन थालिएको हो ।

यसअघि अधिकारी उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय सिंहदरबारमा कार्यारत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?