+
+

सशस्त्रले भूमिहीन कर्मचारीलाई आवास कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:५९
२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रम

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले भूमिहीन कर्मचारीलाई १० लाख रुपैयाँसम्मको आवास कर्जा दिने भएको छ ।

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले भूमिहीन कार्यक्रम अन्तर्गत उक्त कर्जा दिइने बताए । जसअन्तर्गत पाँच जनाले यो सूविधा समेत लिएको उनले बताए ।

त्यसैगरी प्रशिक्षक तथा प्रशिक्षार्थी भत्ताको व्यवस्था पनि गरिएको छ । कल्याणकारी सेवा केन्द्रबाट प्राप्त हुने सहुलियत ऋणको दायरा बढाइएको छ । १० लाख रुपैयाँसम्म सीमा आवास कर्जाको व्यवस्था मिलाइएको उनले बताए । ५० हजार रुपैयाँ सामाजिक व्यवहार कर्जाको व्यवस्था, १० लाख रुपैयाँसम्म प्राकृतिक प्रकोप कर्जाको व्यवस्था गरिएको सशस्त्रले जनाएको छ ।

जुनियर अधिकृतहरूलाई समेत चारपाङ्गे सवारी कर्जा दिन सुरु गरिएको छ । ९७ वटा युनिट मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र तथा एक सिपाही एक सिप कार्यक्रम अन्तर्गत ८ सय जनाले तालिम सम्पन्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?