+
+
Shares

सशस्त्रले पनि पठायो एसपी मुनिका सबैलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते २२:३०

१३ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले पनि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका कर्मचारीहरूलाई चुस्ता पोशाक (बर्दी) सहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।

उनीहरूलाई एपीएफ रंगशालामा उपस्थितिका लागि सर्कुलर गरिएको हो ।

उता, नेपाल प्रहरीले पनि जवानदेखि एसएसपीसम्मका सबै कर्मचारीलाई बर्दीमा तयारी अवस्थामा बस्न उर्दी जारी गरेको छ ।

यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।

उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

सरकारले आजै मात्रै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?