+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ९:११

११ माघ काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५४ अंकमा कायम भएको छ ।

पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि करिब एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।

बजारमा सूचीकृत ११ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी ११ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । ४ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी, १ लघुवित्त, १ निर्जीवन बीमा र १ जीवन बीमा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

उच्च मूल्यमा पुगेका कम्पनीलाई कतिपय लगानीकर्ताले बेच्ने मौकाका रुपमा लिने गरेका छन् । कतिपयले कारोबारका लागि उपयुक्त ठान्ने गरेका छन् ।

तर उच्च मूल्यमा पुगेका कम्पनीको सेयरमा जोखिम पनि बढी हुनेतर्फ लगानीकर्ता सचेत रहनुपर्छ । विगतमा उच्च मूल्यमा पुगेका कतिपय फाइनान्स कम्पनी अहिले आधा घटेका उदाहरण छन् ।

मूल्यमा नयाँ रेकर्ड बनेका यी हुन् ११ कम्पनी

कम्पनी सेक्टर पछिल्लो मूल्य रुपैयाँमा
एनआरएन इन्फ्रास्ट्रक्चर लगानी १२१०
सिक्लेस हाइड्रोपावर १००६
एनएलजी निर्जीवन बीमा १०९९
ग्रीन विकास बैंक १४८०
दोल्ती पावर हाइड्रोपावर ९९५
नेपाल हाइड्रो डेभलपर्स हाइड्रोपावर ९३०
सप्तकोशी विकास बैंक १५००
सिटिजन्स लाइफ इन्स्योरेन्स जीवन बीमा ७३६
धौलागिरि लघुवित्त २०८७
इङ्वा हाइड्रोपावर हाइड्रोपावर ७६६
कर्पोरेट विकास बैंक १९३३

स्रोत : नेप्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?