+
+

काभ्रेमा फर्निचर उद्योगमा लागेको आगोमा परेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते ९:१८

१२ माघ, काठमाडौं । फर्निचर उद्योगमा लागेको आगोमा परेर शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै आएकी दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ९ बजे सुरु भएको आगो नियन्त्रणको लागि ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, कालिजंग गण धुलिखेलबाट पर्शुराम शाक्यको कमान्डसहितको टोली सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

घाइतेको उपचार र मृतको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?