+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इलाम चौंथो साहित्य महोत्सव चैत १ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १६:१०

१३  माघ, इलाम। इलाम चौंथो साहित्य महोत्सव आउँदो चैत्र १ र २ गते हुने भएको छ ।

साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रवर्द्धन गर्दै इलामको साहित्यलाई देश विदेशमा चिनाउने उद्देश्यका साथ साहित्य महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ। साथै कार्यक्रममा आयोजकले लोगो समेत सार्वजानिक गरेको छ ।

पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारत, भियतनामलगायत विभिन्न युरोपियन देशका चर्चित साहित्यकारहरूको उपस्थिति रहने आयोजक इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले बताए ।

साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि चौंथो संस्करणको महोत्सव हुन लागेको हो।

यसअघि २०७६ सालमा प्रथम इलाम साहित्य महोत्सव सञ्चालन भएको थियो । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुन लागेको इलाम साहित्य समाजका सचिब रोशन राईले जानकारी दिए ।

यस महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरू, चर्चित राजनितिज्ञहरुको पनि उपस्थिति रहनेछ । महोत्सवमा बिभीन्न विषयमा छलफल र बहस हुनेछ ।

यस्तै सिक्कीमका पुर्ब मुख्यमन्त्री पवन चाम्लिङ संगको राजनितिक बहस समेत रहनेछ ।

खर्चअनुमान करिब साडे २२ लाख रुपैयाँ खर्च लाग्ने यस साहित्य महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकले लिएको अध्यक्ष थाम्सुहाङले बताए ।

महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?