+

नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

२०८१ माघ  १४ गते १४:०० २०८१ माघ १४ गते १४:००
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

१४ माघ, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।

तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीप खेलेको थियो जहाँ उपविजेता भएको थियो । फाइनलमा बंगलादेशसँग पराजित भएपछि तामाङले मौखिक रूपमा राजीनामाको घोषणा गरेका थिए ।

यद्यपी उनी नेपाल, कीर्गिस्तान, लेबनान र म्यानमारबीच हुन लागेको फुटबल च्याम्पियनसीपका लागि पुनः टोलीको प्रशिक्षकका रूपमा फर्किएका हुन् ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदै छ ।

नेपाली महिला फुटबल टोली राजेन्द्र तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय