+

नेपाली किक बक्सिङ टोली भारत प्रस्थान

२०८१ माघ  १८ गते १६:५९ २०८१ माघ १८ गते १६:५९
नेपाली किक बक्सिङ टोली भारत प्रस्थान

१८ माघ, काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशी प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षकमा दिवान्स श्रेष्ठ छन् । वाको इन्डिया किकबक्सिङ फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता नयाँ दिल्लीको इन्धिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सस्थित के डी जाधव इन्डोर स्टेडियममा हुनेछ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

किक-बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय