+
+
WC Series
चितवन राइनोज 2025
54/4 (11.2)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

एमालेका दुई निकायले मागे सहकारीसम्बन्धी अध्यादेशमा सुधार

प्रधानमन्त्रीलाई बुझाए सुझाव–पत्र

सहकारी सुधारका निम्ति अध्यादेशमार्फत् गरिएको ‘केही नेपाल ऐन संशोधन’मा थप परिमार्जन आवश्यक रहेको एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते १५:०६

१९ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघले अध्यादेशमार्फत् केही नेपाल ऐनमा हालै गरिएको संशोधनमा परिमार्जनको माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै विभाग र महासंघका प्रतिनिधिमण्डलले केही नेपाल ऐनमा हालै गरिएको संशोधनमा परिमार्जनको लागि सुझाव दिएका हुन् ।

उनीहरूले अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिँदै बेग्लाबेग्लै पत्रसमेत हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै पत्र हस्तान्तरण गरेका हुन् । अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण हिस्सा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य रहेको उनीहरूको भनाइ छ ।

कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

सुुझाव ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक ल्याउँदा यी विषयमा छलफल गरिने बताएका थिए । उनले संयुक्त सरकार भएकाले सत्तासिन अन्य राजनीतिक दलसँग पनि परामर्श लिएर आवश्यक निर्णयमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?