+
+

महाकुम्भ स्नानपछि फर्किंदा दुर्घटनाले शोकमा महोत्तरी

पाँचको मृत्यु, चार गम्भीर घाइते, मृतक र घाइते दुई परिवारका

दुई परिवारका सदस्यहरू एकसाथ कुम्भ स्नान गर्न गएका र फर्किने बेला दुर्घटना परेको स्थानीयले बताएका छन् । घटनापछि महोत्तरी शोकमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते २२:३१

१९ माघ, काठमाडौं । भारतको मधुवनीमा शनिबार दिउँसो भएको दुर्घटनामा परेर मृत्यु भएका पाँचै नेपाली महाकुम्भमा स्नान गरेर फर्किएका थिए ।

उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किंरहेका बेला नेपालीहरू चढेको गाडी मधुवनीस्थित मुख्य सडकमै दुर्घटना भएको थियो । दुर्घटनामा पाँचको घटनास्थलमै मृत्यु भयो भने अन्य चार गम्भीर घाइते भए ।

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका बेला दुर्घटना भएको र पाँचजनाको मृत्यु भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा छन् ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् ।

सबैको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको जलेश्वर नगरपालिका–७ का वडासदस्य सुल्तान कवारीले जानकारी दिए । कवारीका अनुसार सबैजना एकैपरिवारका हुन् ।

दुई परिवारका सदस्यहरू एकसाथ कुम्भ स्नान गर्न गएका र फर्किने बेला दुर्घटना परेको स्थानीयले बताएका छन् । घटनापछि महोत्तरी शोकमा छ । प्रत्येक कुम्भका बेला सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा स्नान गर्न जाने चलनछ ।

यसपटक महोत्तरीबाट गएका उनीहरू बी आर ३२पी ए ४६६१ नम्बरको गाडीमा नेपाल फर्किंदै थिए । त्यसक्रममा मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिरनजिकै गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जना मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?