२० माघ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सिमराका डीएसपी शुभद्रा वाइबाले मोक्तनबाट ३ किलो ४४ ग्राम अफिम बरामद भएको अनलाइनखबरलाई जानकारी दिइन् ।
‘वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथबाट अफिमसहित उनलाई पक्राउ गरिएको हो । लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउाछौं’ वाइबाले भनिन् ।
खैरो रङको झोलामा अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4