 
																			२२ माघ, जनकपुरधाम । बलात्कार मुद्दामा सिराहा जिल्ला अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनकाा अनुसार बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो । उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको डीएसपी पासवानले जानकारी दिए ।
उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4