+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अध्यादेशबारे जसपा नेपालसँग कुरा भइराखेको छ : बेदुराम भुसाल

बिहीबार बिहान बस्ने संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १८:५३

२२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालले अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालसँग कुरा भइराखेको बताएका छन् ।

आगामी बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ पेस हुँदैछ । एकीकृत समाजवादी, नेकपा माओवादीसहित विपक्षमा रहेका दलका सांसदले अध्यादेश अस्वीकृत गर्ने सूचना संसद सचिवालयलाई दिएका छन् । तर, जनता समाजवादी पार्टी नेपालले यो विषयमा निर्णय लिएको छैन ।

राष्ट्रिय सभामा रहेको अंकगणित समेतका आधारमा विपक्षी दलहरूले जसपा नेपालसँग कुरा गरिराखेको भुसालले जानकारी दिए । ‘अध्यादेशबारे जसपा नेपालका नेताहरूसँग कुरा भइराखेको छ । उहाँहरू पनि छलफलमै हुनुहुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

जसपा नेपालले अध्यादेशबारे निर्णय लिन कार्यदल गठन गरेको छ । राजकिशोर यादवको नेतृत्वमा गठित कार्यदलको बैठक मंगलबार सिंहदरबारमा बसेको थियो । मंगलबार विज्ञहरूसँग छलफल गरेको कार्यदलको बैठक बुधबार पनि बस्दैछ ।

नेताहरूका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बोलाएको छ । संसदीय दलको बैठकबाटै अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?