+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा

महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १४:११

२४ माघ, काठमाडौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् ।

त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए । दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा अवतरण गरेका छन् भने २९ जना भैरहवाबाट उडेका छन् ।

महानिर्देशक तिवारीले यो विमानस्थलमा पुनः उडानले गति लिन थालेको समेत बताए । यो विमानस्थलमा हिउँदमा भने धेरै उडान कटौती भएका थिए । प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा उडान नियमित हुन नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?