+
+
Shares

सम्पादक बसन्त बस्नेतलाई कलाश्री, कसले कुन पुरस्कार पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १८:३५

२७ माघ, काठमाडौं। बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका सम्पादक तथा उपन्यासकार बसन्त बस्नेतलाई प्रदान गरिएको छ ।

आइतबार नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले राजधानीमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विभिन्न विधाहरु प्रदान गरेको थियो । लोकसंस्कृतिविद तथा कवि तुलसी दिवसले ती सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राध्यापक डा.वीणा पौड्याल

यस्तै अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राध्यापक डा.वीणा पौड्याललाई प्रदान गरिएको छ ।

राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ ।

कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठ

यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई दिइएको छ । थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक तथा संकलक कमलीकान्त भेटवाललाई प्रदान गरिएको छ ।

कवि तथा अनुवादक चन्द्र गुरुङ

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताए । उनले भने, ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रुपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ न कि व्यक्तिगतलाई ।’

यस्तै मौलिक भाषा वाङमय र राष्ट्रिय भावनाको प्रसार गर्नु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाको भनाइ थियो । ‘कला साहित्यको मूल ध्येय भनेको मौलिक भाषा वाङमय र राष्ट्रिय भावनाको प्रसार नै हो,’ उनले भने, ‘पुरस्कृत लेखकहरुलाई हामीले जुन ढंगले छान्ने गरेका छौं, त्यसले मौलिकता, निष्पक्षता र योगदानको वास्तविक कदर भएको छ ।’

प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल

संस्थाकी अध्यक्ष मोमिलाले वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान चाहेको बताइन् । ‘हाम्रो सम्मानको विरासत अनि वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर पारदर्शिता र निष्पक्षता राख्न सकेका छौं ।’ उनले भनिन्।

समालोचक महेश पौडेलले कला साहित्य डटकम प्रतिष्ठानको अहिलेसम्मको इतिहासमा हामीले पुरस्कार र सम्मानलाई साँच्चिकै सम्मानित हुने अर्थमा लेखक, कलाकार पुरस्कृत गर्दै आएकाले यो क्रमले निरन्तरता पाउने बताए । उनले पुरस्कृत स्रष्टाहरुको विस्तृत परिचय समेत दिएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री शंकर कोइराला, प्राध्यापक डा गोविन्दराज भट्टराई, लेखकहरु भागिरथी श्रेष्ठ, उषा शेरचन लगायत सहभागी थिए ।

लोकगायक तथा संकलक कमलीकान्त भेटवाल

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ राशि छ ।

प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?