+
+
Shares

प्रतिनिधिसभाको बैठक अघि बढ्यो, छानबिन गरेर विवाद निरुपण गरिने

विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १६:२६
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।

बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने, ‘आजै १५ मिनेटका लागि स्थगित भएको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदछु । आजैको बैठकमा यसअघि सभाबाट भएको निर्देश बमोजिम छानबिन गरी निष्कर्षमा पुग्ने जानकारी गराउँदछु ।’

आकस्मिक र शून्य समय सकिएपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले उनले बोलेका कुरा संसद्को रेकर्डबाट मेट्न माग गर्दै बैठकमा अवरोध गरेका थिए ।

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिए पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?