+
+
Shares

१५ मिनेट स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरु भएन

विपक्षी दलका सांसदले उभिएर बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १५:३०
आकस्मिक र शून्य समय सकिएपछि कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएको विरोधमा उठेर अवरोध गर्दै विपक्षी दलका सांसद् । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२९ माघ, काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।

आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिएका थिए । विपक्षी दलहरूले त्यसमा चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरेका थिए । त्यसपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुखले अध्ययन गरेर आवश्यक निर्णय लिन सचिवालयलाई आदेश दिएकी थिइन् ।

आकस्मिक र शून्य समय सकिएपछि सभाध्यक्षले समय उपलब्ध गराएपछि बोल्दै कांग्रेस सांसद रामहरि खतिवडा । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आएका थिए । उनी आउँदा पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहेका थिए । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गरे । तर, सांसदहरू बसेनन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?