+
+
Shares

ग्रिस पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १७:४४

३० माघ, काठमाडौं । वैदेशिक रोजगारीमा ग्रिस पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?