४ फागुन, काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) साविक उपविजेता धनगढी एफसीले कृतिश रत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको छ ।
क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की प्लेअर नियुक्त गरेको जनाएको छ ।
पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका कृतिशरत्नले दोस्रो सिजन धनगढी एफसीबाट खेलेका थिए ।
यस पटक भने धनगढीले नयाँ मार्कीका रुपमा कृतिशलाई चुनेको हो ।
गत सिजन मार्की बनेका आशिष चौधरी अष्ट्रेलिया पलायन भएपछि यस पटक धनगढीले नयाँ मार्की प्लेअर नियुक्त गरेको हो ।
धनगढी दुवै संस्करणमा उपविजेता बनेको थियो ।
धनगढी पहिलो संस्करणको फाइनलमा काठमाडौं रेजर्ससँग र दोस्रो संस्करणमा ललितपुर सिटीसँग पराजित भएको थियो ।
तेस्रो संस्करणको एनएसएल चैत १६ देखि सुरु हुँदैछ । त्यसका लागि खेलाडीको अक्सन यही फागुन १० गते हुनेछ ।
प्रतिक्रिया 4