+
+
Shares

नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते २०:५१

५ फागुन, काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा माधव अधिकारी र विनोद कार्की छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश वस्याल निर्वाचित भएका छन् ।

यसैगरी संघको कार्यसमिति सदस्यमा रुद्र नारायण मल्ल, सुनिल कुमार वैद्य, निरज विक्रम राणा, चन्द्रसिंह चौधरी लगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज बास्कोटाले आइतबारनै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष नेपालले संघको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेरा आफू अघि बढ्ने बताए ।

यस्तै उनले औषधिका थोक व्यवसायीको व्ययसायीक अधिकारको लागि आफ्नो कार्यकाल फलदायी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । संघ २०७३ सालमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?