 
																			११ फागुन, काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को दुई वटा समूहले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेका छन् ।
अध्यक्ष सुवास न्यौपाने समूहले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन १६ र १७ गते काठमाडौमा र अध्यक्ष पाण्डव हमाल समूहले फागुन १५ र १६ गते वीरगन्जमा महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
आ-आफ्नो समूहले आफू आधिकारिक रहेको दाबी गरिरहेका छन् । २०७८ मा बाँकेको नेपालगन्जमा भएको ७औं महाधिवेशनमा अध्यक्षमा हमाल र न्यौपानेले १८/१८ महिना नेतृत्व सम्हाले सहमति भएको थियो ।
तर आफ्नो कार्यकाल सकिएपछि अध्यक्ष हमालले पद हस्तान्तरण नगरेको भन्दै न्यौपाने समूहले पदबाहलीको घोषणा गरे । त्यसपछि दुबै समूहले समानान्तर गतिविधि चलाउदै आएका थिए ।
‘७औँ महाधिवेशन २०७८ मा बाँकेमा भयो । सहमतिको आधरामा १८/१८ महिना नेतृत्व सम्हाले भनेका थियौ । १८ महिना पाण्डव सर र १८ महिनामा म हुने सहमति भयो। तर, इमानदारिता र नैतिकताको समस्या आयो। अदालतमा मुद्दा गयो तर रिट खारेज भयो । उहाँले अध्यताको दाबी छोड्नु भएन,’ अध्यक्ष न्यौपानेले भने ।

अध्यक्ष हमाल पनि नेपालगन्म महाधिवेशनमा १८/१८ महिना नेतृत्व सम्हाले सहमति भएको स्वीकार गर्छन् । ‘बराबर कार्यकाल चलाउउने सहमति भएको हो । तर सुवास सरहरूले समितिमा छलफल नगरी स्वघोषणा गर्नुभयो,’ हमालले भने, ‘नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया भएन । हस्तान्तरण गर्ने समय बाँकी रहदै स्वघोषणा गरेकाले समस्या आएको हो ।’
अध्यक्ष न्यौपानेले आफूले सहमति अनुसार नै हस्तान्तरण गर्न भनेपनि इमानदारिता नदेखाएकाले नेतृत्व लिएको दाबी गरे। ८औं महाधिवेशन पनि विधानबाट घोषणा गरिएको अध्यक्ष न्यौपानेले बताए ।

दुबै पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपनि एकताको प्रयास भइरहेबो बताएका छन् । ‘संस्था विधि विधान अनुसार चल्ने हो। वैधानिक हिसाबले कैलालीमा भएको बैठकले महाधिवेशनको मिति तय गरेको हो,’ अध्यक्ष पाण्डवले भने, ‘दुबै पक्षले सहमति गरेर एकताको महाधिवेशन गर्नुपर्छ। एकताको लागि छलफल गरिरहेका छौँ ।’
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4