+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शिवपुरी राष्ट्रिय निकुञ्जमा अलपत्र परेका १० जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते २०:५२

११ फागुन, काठमाडौं। प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ ।

प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का १७ वर्षीय दर्शन सुवाल, दार्चुला घर भई भक्तपुरको लोकन्थली बस्‍ने १६ वर्षीय बिहानअभि धामी, कास्की घर भई सानो भर्‍याङ बस्‍ने १८ वर्षीय विविक श्रेष्ठ, बाँके घर भई बबरमहल बस्‍ने १७ वर्षीय विपिन आचार्य र मोरङ घर भई पेप्सीकोला बस्‍ने १७ वर्षीय विवश बुढाथोकीको उद्धार गरिएको हो ।

यस्तै भक्तपुर ठिमी बस्‍ने १७ वर्षीय दीपविजय खनाल, तारकेश्वर बस्‍ने १७ वर्षीय चिन्तन तिवारी, सामाखुसी बस्‍ने १७ वर्षीय गौरव पराजुली , कीर्तिपुर बस्‍ने १७ वर्षीय भरत ओली र ललितपुर बस्‍ने १७ वर्षीय चिरात भट्टको सकुशल उद्धार गरिएको एसपी बोहोराले बताए ।

उद्धार गरिएका उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?