
१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ ।
यो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4