+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १५:३७

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले १८ फागुनदेखि देशव्यापी रूपमा महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

२३ फागुनसम्म सञ्चालन हुने फेस्टमा ४५–पोइन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप,म्यक्सिमाइले लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार महिन्द्राका ग्राहकले देशभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।

महिन्द्राका सर्टिफाइड प्रि वन्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?