 
																			१५ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् ।
सुनसरीबाट माओवादीको तराई-मधेश केन्द्रित ‘जनतासँग माओवादी’ अभियानमा जोडिएका यादवले माओवादी कमजोर भए संविधानको रक्षा हुन नसक्ने बताउँदै यो अभियानमा लागेको बताएका हुन् ।
उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि वर्तमान सरकारबाट खतरामा रहेको बताउँदै त्यसलाई बचाउन लागेको बताए ।
माओवादी र मधेश आन्दोलनका कारण मधेशको आफ्नै भाषा, संस्कृति, समृद्धि र राजनीति रहेको उनको भनाइ छ । यसका साथै समानुपातिक, समावेशितालाई बचाउन पनि अभियान लागेको उनले बताए ।
वर्तमान सरकारका कारण थारु, मधेशी, जनजाति र मुस्लिमले पाएको अधिकार गुम्ने खतरा भएकोले यो अभियानमा जोडिन अपिल पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4