+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल प्रहरी ‘कमान्डो’ तालिमरतले गरे द क्लिफमा बन्जी जम्प 

नेपाल प्रहरीको ‘प्रहरी विशेष कला तथा कारबाही’ (कमान्डो) तालिम अन्तर्गत १०औं समूहमा तालिमरत प्रहरीले आइतबार कुश्मास्थित द क्लिफमा बन्जी जम्प गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १३:११

२५ फागुन, काठमाडौं । एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा चिनाउन सफल ‘द क्लिफ’ आन्तरिक तथा वाह्य पर्यटक मात्र नभई सेना तथा प्रहरीको तालिम केन्द्रसमेत बन्न सफल भएको छ ।

आइतबार नेपाल प्रहरीको ‘प्रहरी विशेष कला तथा कारबाही’ (कमान्डो) तालिम अन्तर्गत १०औं समूहमा तालिमरत प्रहरीले कुश्मास्थित द क्लिफमा बन्जी जम्प  गरेका छन् ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा प्रहरीलाई बन्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

‘भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमान्डोहरूलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक जबराले भने,  ‘नेपालमात्र नभई विदेशमा समेत सेवा विस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर सहकार्य गर्दै आएका छौं ।’

तालिम अन्तर्गत १ सय ६ प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरतलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ ।

तालिम अन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक–फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् ।  क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।

कार्कीको नेतृत्वमा कालीगण्डकी नदी खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?