+
+
Shares

दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको छ : प्रभु साह

सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाइरहेकाले सतर्क बन्नुपर्ने आजपाका अध्यक्ष प्रभु साहको आग्रह छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:५०

२६ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित आजपानिकट आम महिला मोर्चा बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको नाममा राज्यको ढुकुटीमा दलहरूले बदमासी गरिरहेको बताए ।

सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाइरहेकाले सतर्क बन्नुपर्ने उनको आग्रह छ ।

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याउन लागिसके । सरकारले हरेक नेपालीको टाउँकोमा विदेशी ऋणको भार बोकाउने काम गरिरहेको छ । यसकारण कतिपयले गणतन्त्रको पनि विरोध गरेका हुन्,’ उनले भने ।

जनताको सर्वोच्चता सहितको लोकतन्त्र आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘अब जनताले नै हो लोकतन्त्रक जोगाउने, अरु कसैले सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?