+

पीएम कपमा आर्मीको लगातार तेस्रो जित

२०८१ फागुन  २९ गते १६:३९ २०८१ फागुन २९ गते १६:३९
पीएम कपमा आर्मीको लगातार तेस्रो जित

२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनले हराएको हो ।

एक्स्ट्राटेक ओभल मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमा अलआउट भयो । प्रकाश जैसीले अविजित अर्धशतक बनाएपनि अन्यबाट योगदान हुन सकेन । बिपिन रावलले २३ तथा दिनेश अधिकारीले २२ रन बनाए ।

आर्मीका शाहब आलमले १० ओभरमा २८ रन दिएर ३ विकेट लिए । सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो । आर्मीका लागि तृत राज दासले ६९ रन बनाउँदा कप्तान विनोद भण्डारीले ५६ रन बनाए । भिम सार्कीले ४० तथा बसिर अहमदले ३६ रन बनाए ।

कर्णालीका प्रकाश जैशीले १० ओभरमा ६४ रन दिएर ४ विकेट लिए । दिनेश अधिकारीले १० ओभरमा ७४ रन दिएर ३ विकेट लिए । सुनिल धमलाले २ विकेट लिए ।

आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई तथा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको थियो । कर्णालीले सुदुरपश्चिमलाई हराउँदा गण्डकीसँग पराजित भएको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय