
१ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा मोर्चाका आगामी कार्यक्रमका विषयमा छलफल भइरहेको स्रोतले बतायो । मोर्चाले गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने तयारीमा छ ।
अघिल्लो पटक बसेको मोर्चाको बैठकले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।
यसअघि राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
त्यसका लागि आज अपराह्न तीन बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने मोर्चाको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4