+

पीएम कप क्रिकेटमा बागमती प्रदेशको पहिलो जित

२०८१ चैत  १ गते १७:३७ २०८१ चैत १ गते १७:३७
पीएम कप क्रिकेटमा बागमती प्रदेशको पहिलो जित

१ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ ।

शुक्रबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको हो । बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा अलआउट भयो ।

टेक रावतले सर्वाधिक ४५ रन बनाए भने कप्तान नारायण जोशीले ३९ रन बनाए । राहुल भण्डारीले २६ तथा किरण ठगुन्नाले २१ रन बनाए । निश्चल क्षेत्री र शेर मल्लले समान १४ रन बनाए । शेर नटआउट रहेका थिए ।

बागमतीका रिजन ढकालले १० ओभरमा ३० रन दिएर ४ विकेट लिए । सोनु देवकोटाले १० ओभरमा ४९ रन दिएर ४ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाए । आशुतोष घिरैयाले ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २-२ विकेट लिए । राहुल भण्डारी र नारायण जोशीले १-१ विकेट लिए ।

यसअघि बागमती एपीएफ र आर्मीसँग पराजित भएको थियो । यसअघि कर्णाली र आर्मीसँग पराजित भएको सुदूरको भने चार खेलमा यो तेस्रो हार हो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय