 
																			४ चैत, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि आगलागी भएको छ ।
रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहान नियन्त्रणको तयारी भइरहेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले जानकारी दिए ।
आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । उनका अनुसार प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको छ ।
स्थानीय कमल नेपालका अनुसार उक्त वनमा २-३ किलोमिटर डढेलो फैलिएको छ । स्थानीय र प्रहरी घटनास्थल पुगेर निभाउने प्रयास गरिरहेको र त्यहाँको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4