+

चीनमा भएको ट्रेल रेसमा राममाया तेस्रो

२०८१ चैत  ४ गते १३:१० २०८१ चैत ४ गते १३:१०
चीनमा भएको ट्रेल रेसमा राममाया तेस्रो

४ चैत, काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन ट्रेल सिरिज अन्तर्गत १६ मार्चमा भएको ट्रेल डोङ्गाईमा राममाया तेस्रो भएकी हुन् ।

उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट २३ सेकेण्डमा पूरा गरिन् । गोल्डेन ट्रेल सिरिज विश्वकै छोटो दूरीमा हुने कठिन प्रकृतिको ट्रेल रेस हो ।

जहाँ राममायाले पहिलो सहभागितामै शीर्ष तीनमा रहेर पोडियम फिनिस गरेकी हुन् ।

यस्तै ९ मार्चमा भएको जिउफेङ ग्राण्ड मास्टर्स ट्रेलमा राममाया छैटाैं भएकी थिइन् ।

ट्रेल रेस राममाया बुढा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय