 
																			४ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । भोलि (चैत ५( गतेका लागि तय भएको निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत डा. अंगदमणी गौतमले जानकारी दिए ।
उनका अनुसार, त्रिचन्द्रको अर्को निर्वाचन मिति भने तोकिएको छैन । सर्व उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले जानकारी गराएका छन् ।
क्याम्पसको गेटमा भएको तालाबन्दीका कारण परिस्थिति असहज भएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4