+
+
Shares
फिल्म :

फ्लोरबाटै बिक्यो ‘जेरी अन टप’को अन्तर्राष्ट्रिय राइट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:४७

काठमाडौं । छायांकन क्रममा रहेको फिल्म ‘जेरी अन टप’को अन्तर्राष्ट्रिय वितरण अधिकार हङकङको एलजी एसोसिएट्सले किनेको छ । बुधबार निर्माता कम्पनी अनन्या फिल्म्सका तर्फबाट सरोज न्यौपाने र वितरण कम्पनीका तर्फबाट हिमाल रानाले राइट खरिदविक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सहमतिअनुसार कम्पनीले अन्तर्राष्ट्रिय बजारमा फिल्मको वितरण गर्नेछ । एलजी एसोसिएट्सले पहिलोपटक कुनै नेपाली फिल्मको वितरण गर्न लागेको हो । यसअघि उक्त कम्पनीका विशाल गुरुङ फिल्म ‘कबड्डी’को निर्माणसँग पनि जोडिएका थिए ।

‘राम्रै मूल्यमा हामीले फ्लोरबाटै फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गरेका छौं’ सहमतिमा हस्ताक्षर गर्नकै लागि छायांकन थलो जोमसोमबाट बुधबार काठमाडौं आइपुगेका निर्माता न्यौपानेले अनलाइनखबरसँग भने ।

यो फिल्मको छायांकन केही दिनमा सकिने तयारी छ । दुई गीतको छायांकन बाँकी रहेको र जसमध्ये एक गीतको सुटिङ विदेशमा हुनेछ । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्तको अभिनय छ ।

केही दिनमा सुटिङ सकिएपछि मात्र प्रदर्शन मिति तय हुने निर्माता न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?