+
+
Shares

लोकतान्त्रिक अपाङ्‍ग संघको महाधिवेशन ८ चैतदेखि, अध्यक्षमा तीन आकाङ्‍क्षी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १६:०५
बायाँबाट क्रमशः माधव चम्लागाईं, प्रकाश पन्त र विकास थापा ।

६ चैत, काठमाडौं । नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपाङ्‍ग संघको प्रथम महाधिवेशन शुक्रबार सुरु हुँदैछ  ।

८ र ९ चैतमा पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले आकाङ्‍क्षा राखेका छन् ।

७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि माधवप्रसाद चम्लागाई, प्रकाश पन्त र विकास थापा आकाङ्‍क्षी देखिएका छन् ।

हाल अध्यक्ष रहेका पन्त आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन् । उनले फेरिपनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन् ।

यस्तै चम्लागाई हाल संघको केन्द्रीय सदस्य छन् । अपाङ्‍गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका उनले देशको संविधान निर्माणका समयमा र कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्‍गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।

अर्का अध्यक्षका आकाङ्‍क्षी थापा संघ पूर्वकेन्द्रीय सदस्य हुन् । उनी पनि अपाङ्‍गता भएका व्यक्तिहरूको पक्षमा काम गर्दै आइरहेका छन् ।

संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?