+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा, चौतारीको अध्यक्षमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १३:५९

८ चैत, काठमाडौं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डले पदबाट राजीनामा दिएका छन् ।

गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले प्रेस चौतारीका उपाध्यक्ष रहेका पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो ।

पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका थिए ।

‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

एमाले स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले अध्यक्षमा सघाउने वचन दिएसँगै पाण्डेले विभागको सचिवबाट राजीनामा दिएका हुन् ।

शुक्रबार नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई हाल संगठनका उपाध्यक्ष रहेका छन् ।

राई र पाण्डे अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी रहेका थिए ।

चौतारीको दशौं राष्ट्रिय सम्मेलन १० चैतबाट विराटनगरमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?