+
+
Shares

गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकिए दुई फरक ठाउँ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १८:४६

१२ चैत, काठमाडौं । गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा गर्ने भनिएको प्रदर्शनका लागि दुई फरक ठाउँ तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न दुई फरक ठाउँ तोकेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ ।

राजातन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको उनले अनलाइनखबरलाई बताए ।

गणतन्त्री पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् ।

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ । प्रदर्शनका लागि प्रसाईं समूहबाट ठाउँ माग भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

दुई फरक समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि प्रहरीले पनि त्यही अनुसारको सुरक्षा रणनीति बनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?