 
																						१५ चैत, काठमाडौं । १४ वटा शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन ।
संयुक्त विज्ञप्तिमा १४ संघ संगठनले भनेका छन्, ‘विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु पर्ने भएको छ। यसका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाईंको रुपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिंदैछ । यसर्थ देशभरका सबै शिक्षक-कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म सो जान्दोलनको मोर्चामा निरन्तर डटिरहन जोडदार अपील गर्दछौं ।’
यो आन्दोलन अवधिमा नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका निकाय एवम् स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यकम एवम् उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा समेत संलग्न नहुन सबै शिक्षक-कर्मचारीलाई आग्रह पनि गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4