+
+
Shares

राजावादी समूहको प्रदर्शनमा पुगे विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास

उनी अहिले कोणसभा हुने स्थान तिनकुने पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:००

१५ चैत, काठमाडौं । विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा पुगेका छन् । उनी अहिले कोणसभा हुने स्थान तिनकुने पुगेका छन् ।

श्रीनिवास यसअघि विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । उनी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थिए ।

त्यस्तै, तिनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको थियो ।

सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो ।  प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

अहिले राजावादीहरू विभिन्न रुटबाट तिनकुनेतर्फ आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?