+
+
Shares

राजावादीलाई विप्लवको चेतावनी : नउचालिनू, पछुताउनुपर्ला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:३५

१५ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सैह्य नहुने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘विदेशीको षडयन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन्’, उनले भनेका छन्, ‘इतिहास फर्किंदैन । षडायन्त्र हुन्छन् । त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन, छुटाउनुपर्ला फेरि … ।’

नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले बताए । ‘हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तीहरुको् खाँचो छैन । जनतालाई पैतालामुनि धुलो सरह नदेख्ने सामन्तवादी शासकहरूको खाँचो छैन’, उनले भने ।

४०० वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौं । यसमा भएका गल्ति सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’

राजतन्त्रको अन्त्यको समय स्मरण गर्न पनि उनको आग्रह छ ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर, पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सलबलाउन थालेका छन् ।

राजतन्त्रको बिदा गर्दै गर्दा जनताले गरेको त्याग अहिले पनि उत्तिकै रहेको उनले बताए ।

त्यसअघि बोल्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न आग्रह गरेकी थिइन ।

‘मलाइ बस्न बस्न नागर्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो’ भुसालले स्मरण गरिन ।

आफूहरूले शान्तिपूर्ण रुपमा बस्न भनेर छाडिएकोलाई कमजोरी नठानन्न उनको चेतावनी छ । पूर्वपञ्चहरूले विगतमा जस्तै राजा कजाएर खराबी गरेर रहन सकिन्छ भन्ने सोचेको उल्लेख गर्दै उनले त्यस्तो सपना पूरा नहुने बताइन ।

जनतामा निराशा रहेको र तर, त्यो निराशा समाप्त भइसकेको राजतन्त्रको पुर्नस्थापना हुन नसक्ने भन्दै उनले भनेकी छन्, ‘कोही नागरिक दासी हुन तयार छैनन । प्राप्त समानुपातिक समावेशी अधिकार र पहिचान गुमाउन तयार छैनन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?