+
+
Shares

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २०:०२

१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो ।

‘पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपिल गर्दछ,’ राप्रपाको शनिबारको निर्णयमा भनिएको छ ।

त्यस्तै, शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य गरेको भन्दै निन्दा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?