+
+
Shares

आदिवासी फिल्म प्रवर्धन गर्न १५ संस्थासँग सहकार्य सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २२:२१

काठमाडौं । मातृभाषी चलचित्र प्रवर्धनको लागि चलचित्र विकास बोर्डले विभिन्न जातीय संस्थासँग ३४ लाख ५० हजार रुपैयाँ बराबरको सम्झौता गरेको छ । यसले घरेलु फिल्मलाई समावेशी तुल्याउन सहज हुने आशा बोर्डको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीको उपस्थितीमा बोर्डअन्तर्गतको जनजाति मातृभाषी चलचित्र प्रवर्धन समिति संयाजक सुनिल मानन्धरले ती संस्थासँग सम्झौता गरे ।

सम्झौता कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधि र विभिन्न जातीय संघसंस्थाका पदाधिकारीको उपस्थिति थियो । कार्यक्रमअन्तर्गत १५ संघसंस्थालाई सहकार्यको एकमुष्ट उक्त रकम बराबरको बजेट स्वीकृत गरिएको छ ।

आदिवासी जनजाति चलचित्र महासंघ, थारू चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ, धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एसोसिएसन, भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र संघ, नेवास् फिल्म सोसाइटी, शेर्पा चलचित्र संघसँग सहमति भएको हो ।

सम्झौताले मातृभाषा फिल्मकर्मीलाई हौसला मिलेको ती संस्थाका प्रतिनिधिले बताए । महासंघका पूर्वअध्यक्ष अमृतबहादुर सुनुवारले बोर्डले मातृभाषी चलचित्रको प्रवद्र्धनमा चालेको कदमप्रति खुसी व्यक्त गरे । उनका अनुसार यो कार्यक्रमले विविध भाषाका फिल्मलाई बजारमा स्थापित गर्न सहयोग पुग्नेछ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले कार्यक्रमले नेपाली फिल्म उद्योगमा विविधताको प्रवर्धन गर्ने बताए । संयोजक मानन्धरले मातृभाषी फिल्मलाई बलियो बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?